कुनै पनि साहित्यको उत्थान र प्रगतिमा पत्र-पत्रिका प्रकाशनको योगदान धेरै हुन्छ। यसैले पत्र-पत्रिकाको दिगो परम्परा छ भने त्यस भाषाका साहित्यको पनि यशस्वी इतिहास हुन्छ; पत्र-पत्रिकाको उमेर त्यसको गुणस्तरीयता माथि र पाठकको रूचिमाथि निर्भर रहन्छ। जुन भाषामा जति धेरै पाठकहरू हुन्छन्; उति नै उस भाषाको पत्र-पत्रिकाहरू पनि धेरै हुन्छन्। पत्र-पत्रिकाको प्रारम्भिक रूपले निर्दिष्ट भाषा र साहित्यको अवस्थान बुझाउन मात्र होइन, जातीय सामाजिक मनोविज्ञानको निर्क्यौल गर्न पनि सहज हुँदछ। भाषा र साहित्यले कति लामो यात्रा कसरी हिँड़यो भनेर देखाउनमा विभिन्न समयमा निस्किएको पत्र-पत्रिका सहायक हुन्छ।
नेपाली भाषामा पनि पत्र-पत्रिकाहरूको लगभग 120 वर्ष लामो इतिहास रहेको छ। यहाँ नेपाली पत्र-पत्रिकाको इतिहास बुँदागत् रूपमा प्रस्तुत गरिएको छ -
गोर्खा भारत जीवन - (यही पत्रिका नै नेपाली भाषामा प्रकाशित प्रथम पत्रिका हो भनिएको छ।)
प्रकाशन मिति: सन् 1986 (१९८६)
प्रकाशन स्थान: वणारस
सम्पादक: रामकृष्ण शर्मा
पत्रिकासम्बन्धी अन्य तथ्य: यस पत्रिकाको कुनै पनि अङ्क अप्राप्य रहेको हुनाले यसमा के कस्ता सामाग्री छापिन्थे भन्ने कुरो निश्चित छैन। हिन्दी पत्रिका भारत जीवन-सितै यो पत्रिका पनि प्रकाशित हुने गथ्र्यो।
सुधा सागर
प्रकाशन मिति: सन् 1886 (१८८६)
प्रकाशन स्थान: काठमाडौं
सम्पादक: नरदेव पाण्डे (साहित्येतिहासकार शरदचन्द्र शर्माद्वारा अनुमानित)
पत्रिकासम्बन्धी अन्य तथ्य: यस पत्रिकाको कुनै पनि अङ्क प्राप्य छैन। यो पत्रिका काठमाडौंको पाशुपत छापाखानामा छापिन्थ्यो।
गोर्खे खबरकागत्
प्रकाशन मिति: सन् 1901 (१९ः॰१)
प्रकाशन स्थान: दार्जीलिङ
सम्पादक: पादरी गङ्गाप्रसाद प्रधान
पत्रिकासम्बन्धी अन्य तथ्य: यस पत्रिका गोर्खा प्रेसमा छापिन्थ्यो। ईशाई धर्मको प्रचारको निम्ति पत्रिका प्रकाशनको थालनी गरिएको हुनाले यसले साहित्यिक योगदान पुरयाउन नसकेको ठहर गरिएको छ यद्यपि तत्कालीन गद्य शैली लेखनको विकासमा भने यो पत्रिकाको योगदानलाई अद्वित्तिय ठानिएको छ। संस्कृत भाषाको व्याकरणको आधारमा नेपाली लेख्ने तत्कालिन प्रचलनलाई यस पत्रिकाले ठाड़ो हाँक दिएको थियो र परवर्ती झर्रो नेपाली लेखनका जति पनि अभियानहरू थालिए तीमा गोर्खे खबरकागतको प्रभाव थियो। यस कुरालाई पछि धेरैजना विद्वानहरूले स्वीकार गरेका छन्। त्यसैले मौलिक नेपाली भाषाको लेखनमा गोर्खे खबर कागत र पादरी गङ्गाप्रसाद प्रधानको योगदान अमूल्य रहेको छ।
गोर्खापत्र
प्रकाशन मिति: सन् 1901 (१९॰१)
प्रकाशन स्थान: काठमाडौं
सम्पादक: -
पत्रिकासम्बन्धी अन्य तथ्य: नेपालका राणा प्रधानमन्त्री देवशमशेरले जनसम्पर्क अनि सरकारी प्रसारको निम्ति यो पत्रिकाको प्रकाशन थालेका थिए। यस पत्रिकामा धारावाहिक रूपमा वीर मालोजी भोंसले (1904), यमपंचक प्रपंच (1906), नौलखाहार (1910-11), मानभंजन (1913) आदि लामा गद्यशैलीका रचनाहरू तथा कथा आदि प्रकाशित हुने गरेकाले नेपाली साहित्यको विकासमा यस पत्रिकको योगदानलाई महत्वपूर्ण मानिएको छ।
उपन्यासतरिङ्गिणी
प्रकाशन मिति: सन् 1902 (१९॰२)
प्रकाशन स्थान: वणारस
सम्पादक: -
पत्रिकासम्बन्धी अन्य तथ्य: धारावाहिक रूपमा उपन्यास छाप्ने यस पत्रिकाको उद्देश्य थियो। मासिक रूपमा प्रकाशन गरिने यस पत्रिकाको वार्षिक सदस्य शुल्क दुई रूपियाँ थियो। दुई अङ्क निस्केर पत्रिका प्रकाशन बन्द भयो ।
सुन्दरी
प्रकाशन मिति: सन् 1906
प्रकाशन स्थान: वणारस
सम्पादक: -
पत्रिकासम्बन्धी अन्य तथ्यहरू: शृङ्गारकालको यस पत्रिकामा देवीदत्त पराजुली, सोमनाथ सिग्द्याल, चक्रपाणि चालिसे, दुर्गाप्रसाद घिमिरे, विष्णुप्रसाद भण्डारी प्रभृत्ति साहित्यकारहरू थिए। आलङ्कारिक गद्य रचनाको प्रकाशनमा सुन्दरीको विशेष भूमिका रहयो ।
माधवी
प्रकाशन मिति: सन् 1908
प्रकाशन स्थान: वणारस
सम्पादक: पण्डित मातृप्रसाद शर्मा अधिकारी (छद्म नाउँ, वास्तविक नाउँ - राममणि आ.दि.
पत्रिकासम्बन्धी अन्य तथ्यहरू: माधवीले अध्यात्ममुखी धाराकेन्द्रित नीतिमूलक रचनाहरूलाई प्रकाशित गरयो। हलन्तबहिष्कारवादी भाषासिद्धान्तको निम्ति पनि सम्पादकले यसैलाई मंच तुल्याएका थिए। यसैले भाषाको सुदृढ़िकरणमा पनि यस पत्रिकाको महत्वपूर्ण योगदान रहेको छ ।
चन्द्र
प्रकाशन मिति: सन् 1914
प्रकाशन स्थान: वणारस
सम्पादक: माधवप्रसाद
पत्रिकासम्बन्धी अन्य तथ्यहरू: गद्य र पद्य दुवै थरीका रचनाहरू प्रकाशित हुने यो पत्रिका बाह्र अङ्कसम्म प्रकाशित भएर बन्द भयो ।
गोर्खाली
प्रकाशन मिति: सन् 1914
प्रकाशन स्थान: वणारस
सम्पादक: सूर्यविक्रम ज्ञवाली
पत्रिकासम्बन्धी अन्य तथ्यहरू: यो पत्रिका हिमालय प्रेसबाट छापिन्थ्यो, जसका हर्ताकर्ता माधवप्रसाद रेग्मी थिए। यस पत्रिकाका सक्रिय कार्यकर्ताहरूमा कृष्णप्रसाद कोइराला, देवीप्रसाद सापकोटा, र तिनका छोराहरू थिए। सुधारवादि रचनाहरूलाई प्राधान्यताका साथमा छाप्ने यस पत्रिकामा सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला, रामचन्द्र अधिकारी , लक्ष्मीप्रसाद देवकोटा, दीनानाथ सापकोटा, शम्भुप्रसाद ढुङ्ग्याल, लेखनाथ पौड्याल प्रभृत्ति रचनाकारहरूका रचना छापिने गर्थे। दुई वर्ष तीन महिनाको समयसम्म पत्रिका प्रकाशन भएपछि यो बन्द भयो ।
चन्द्रिका
प्रकाशन मिति: सन् 1917
प्रकाशन स्थान: खरसाङ
सम्पादक: पारसमणि प्रधान
पत्रिकासम्बन्धी अन्य तथ्य: दार्जीलिङ भेकबाट प्रकाशित पहिलो साहित्यिक पत्रिका - चन्द्रिकालाई मानिएको छ। यस पत्रिकामा जातीय जागरण र सुधारको भावनाका कविताहरू, निबन्धात्मक रचना तथा अन्य गद्यपरक रचनाहरू पनि प्रकाशित हुने गर्थे । त्यसबेला यो 18 अङ्कसम्म निस्केर बन्द भयो भने यस समयमा पनि यसको पुनःप्रकाशन प्रारम्भ भएको जानकारी प्राप्त भएको छ।
जन्ममूमि
प्रकाशन मिति: सन् 1922
प्रकाशन स्थान: वणारस
सम्पादक: सूर्यविक्रम ज्ञवाली
पत्रिकासम्बन्धी अन्य तथ्य: यस पत्रिकाले गद्यरचनाको विकासमा विशेष भूमिका ओगटेको छ, यो मासिक पत्रिका रहेको थियो।
गोर्खा संसार
प्रकाशन मिति: सन् 1926
प्रकाशन स्थान: देहरादुन
सम्पादक: ठाकूर चन्दनसिंह
पत्रिकासम्बन्धी अन्य तथ्य: भारतीय मूलका नेपाली स्वच्छन्दतावादि साहित्यकार रूपनारायण सिंहका प्रारम्भिक रचनाहरू यसै पत्रिकामा प्रकाशित भएका छन्। यस पत्रिकामा गद्य र पद्य दुवै थरी रचनाहरू प्रकाशित हुने गर्थे।
नेपाली साहित्य सम्मेलन पत्रिका
प्रकाशन मिति: सन् 1931
प्रकाशन स्थान: नेपाली साहित्य सम्मेलन, दार्जीलिङ
सम्पादक: पद्मप्रसाद प्रधान
पत्रिकासम्बन्धी अन्य तथ्य: यो पत्रिका सन् 1937 - सम्म प्रकाशित भयो । नेपाली साहित्य सम्मेलन पत्रिका बन्द भएपछि मुखपत्रको रूपमा दियालो (बहुचर्चित पत्रिका) प्रकाशन हुन थालेको देखिन्छ । नेसास पत्रिकामा नेपाली साहित्यका विधागत् रचनाहरू छापिने गरेका थिए र दियालोको प्रकाशन , पछि धेरै कालसम्म रहयो ।
शारदा
प्रकाशन मिति: सन् 1934
प्रकाशन स्थान: काठमाडौं
सम्पादक: ऋद्धिबहादुर मल्ल
पत्रिकासम्बन्धी अन्य तथ्य : नेपाली साहित्यको रोमान्टिक कालमा शारदा पत्रिकाको भूमिका उल्लेखनीय रहयो । यस पत्रिकामा साहित्यका आधुनिक सम्पूर्ण सम्पूर्ण विधाका रचनाहरू छापिने गर्थे । नेपाली साहित्यमा आधुनिकता भित्य्राउने काममा शारदा पत्रिकाको पहिलो भूमिका रहयो। जसमा चाहिँ - लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, लेखनाथ पौड़याल, सिद्धिचरण श्रेष्ठ, रामकृष्ण शर्मा, हृदयचन्द्रसिंह प्रधान, भवानी भिक्षु, पुष्कर शमशेर, विश्वेश्वर प्रसाद कोइराला, शिवकुमार राई प्रभृत्ति साहित्यकारहरूको रचनादि प्रकाशित हुने गर्थे।
युगवाणी
प्रकाशन मिति: सन् 1947
प्रकाशन स्थान: वणारस
सम्पादक: लक्ष्मीप्रसाद देवकोटा (पछि नारायणप्रसाद भट्टराई)
पत्रिकासम्बन्धी अन्य तथ्य : रोमान्टिककालिन यस पत्रिकामा रोमान्टिक विद्रोही रचनाहरू प्रकाशित हुनेगर्थे।
भारती
प्रकाशन मिति: सन् 1942
प्रकाशन स्थान: दार्जीलिङ
सम्पादक: पारसमणि प्रधान
पत्रिकासम्बन्धी अन्य तथ्य : साहित्यमा भारतीको योगदान अतिनै रहेको अनुभव गरिन्छ । यस पत्रिकाले रोमान्टिककालका विशिष्ट प्रतिभाहरूलाई संरक्षण र सम्वर्द्धन गर्ने कार्यसितै समस्यापूर्तिको रूपमा कविता रचना गराउने हनुमाने जाँगरको पहल पनि गरेको थियो । साहित्य प्रकाशनसितै भाषाको परिशुद्धतामा पनि यस पत्रिकाले विशेष भूमिका निर्वाह गरेको थियो ।
साहित्यश्रोत
प्रकाशन मिति: सन् 1947
प्रकाशन स्थान:
सम्पादक: हृदयचन्द्रसिंह प्रधान
पत्रिकासम्बन्धी अन्य तथ्य : यस पत्रिकाले शारदा पत्रिकाले वहन गरेकै भूमिका वहन गरेर कार्य गरयो।
गोर्खा
प्रकाशन मिति: सन् 1945
प्रकाशन स्थान: कालेबुङ
सम्पादक: रामकृष्ण शर्मा
पत्रिकासम्बन्धी अन्य तथ्य : यो पत्रिका राजनैतिक दल गोर्खालीगको मुखपत्र थियो यद्यपि यसले साहित्यका विधागत् रचनाहरू प्रकाशित गरेर साहित्यको श्रीवृद्धिमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरयो।
रूपरेखा
प्रकाशन मिति : सन् 1960
प्रकाशन स्थान: नेपाल राष्ट्रिय पुस्तकालय, नेपाल
सम्पादक: (पछि) उत्तमकुँवर र बालमुकुन्ददेव (संयुक्त सम्पादन) पछि उत्तम कुँवर मात्र
पत्रिकासम्बन्धी अन्य तथ्य: यो द्वयमासिकबाट पछि मासिक रूपमा प्रकाशित हुनथाल्यो अर्थात् जबचाहिँ संयुक्तरूपमा दुईजना सम्पादकले कार्य गर्नथाले। पछिबाट सम्पादकद्वय छुटिएपछि उत्तम कुँवर एकैजनाले पत्रिकाको सम्पादनलाई अघि बढ़ाए।
नवज्योति
प्रकाशन मिति: सन् .....
प्रकाशन स्थान: गान्तोक युवा पुस्तकालय, सिक्किम
सम्पादक:
पत्रिकासम्बन्धी अन्य तथ्य: पुस्तकालयको मुखपत्रको रूपमा शुरूमा सन्तोष वरदेवा, गिर्मी शेर्पा, कर्ण राईले अनि पछिबाट जीवन थिङ प्रभृत्ति व्यक्तिविशेषले यस पत्रिकालाई प्रकाशित गराए। लगभग पन्ध्र वर्षसम्म यसको प्रकाशन रहयो। नेपाली साहित्यको उत्थानमा यस पत्रिकाको भूमिका महत्वपूर्ण रहेको मानिन्छ।
मधुपर्क
प्रकाशन मिति: सन् 1968
प्रकाशन स्थान: नेपाल सरकार, गोर्खापत्र संस्थान
सम्पादक:
पत्रिकासम्बन्धी अन्य तथ्यहरू: आधुनिक साहित्यमा मधुपर्कको भूमिका अद्वित्तिय रहेको छ। यस पत्रिका साहित्य अनि साहित्येतर रचनाहरू प्रकाशित भए। पत्रिकालाई व्यावसायसित जोड़ेर पत्रपत्रिकाको जीवनलाई लम्याउनमा बाटो खोज्ने श्रेय मधुपर्कलाई जान्छ भन्दा अतियुक्ति हुँदैन ।
गरिमा
प्रकाशन मिति: सन् 1983
प्रकाशन स्थान: साझा प्रकाशन, नेपाल
सम्पादक:
पत्रिकासम्बन्धी अन्य तथ्यहरू: नेपाली साहित्यमा गरिमाको गरिमापूर्ण भूमिका रहेको छ । यस पत्रिकाले आफ्नो प्रकाशनको दिगो परम्परामा यति अमूल्य इतिहास निर्माण गर्न सकेको छ । मधुपर्कको व्यावसायिकताको बाटोलाई पक्रिएर शारदा र रूपरेखाको ओजलाई वरण गरेर यो पत्रिकाको प्रकाशन भयो ।
स्रष्टा
प्रकाशन मिति: सन् 1978
प्रकाशन स्थान: सिक्किम
सम्पादक: केदार गुरूङ र उपमान बस्नेत
पत्रिकासम्बन्धी अन्य तथ्यहरू: यस पत्रिकाका सम्पादकद्वय स्कुलका शिक्षकहरू हुन् । विशेषाङ्कको रूपमा यस पत्रिकाबाट भारतीय नेपाली कथा विशेषाङ्क र डुवर्स विशेषाङ्क प्रकाशित गरिए भने स्रष्टा पुरस्कार - सम्म स्थापना गरेर नेपाली साहित्यलाई यस पत्रिकाले न्यानो प्रेम अर्पण गरयो।
प्रक्रिया
प्रकाशन मिति: सन् ....
प्रकाशन स्थान: सिक्किम
सम्पादक: वीरभद्र कार्कीढोली
पत्रिकासम्बन्धी अन्य तथ्यहरू: यस पत्रिकाको प्रकाशन, पत्रिकाको सम्पादकको एकल प्रयास हो। यस पत्रिकाले पनि नेपाली साहित्यको श्रीवृद्धिमा अद्वित्तिय भूमिका निर्वाह गरयो।
बिन्दु
प्रकाशन मिति:
प्रकाशन स्थान: लामडिङ, असम - पूर्वान्चल भारत
सम्पादक: के.बी. नेपाली
पत्रिकासम्बन्धी अन्य तथ्यहरू: यो पत्रिका सम्पादकको एकल प्रयासमा प्रकाशित हुने पत्रिका हो।
निर्माण
प्रकाशन मिति: सन् 1970 दशकको उत्तरार्द्ध
प्रकाशन स्थान: सिक्किम
सम्पादक: पवन चामलिङ ‘किरण’
पत्रिकासम्बन्धी अन्य तथ्यहरू: सिक्किम निर्माण प्रकाशनबाट प्रकाशित यस पत्रिकाको नेपाली साहित्यमा योगदान धेरै रहेको छ । त्यति मात्र नभएर यस प्रकाशनले पारिजात, अगमसिंह गिरी, इन्द्रबहादुर राई स्रष्टाका सम्पूर्ण रचनाहरूलाई समेटेर विशेषाङ्कहरू नै पनि प्रकाशित गरेको छ।
यस अतिरिक्त नेपाली साहित्यमा अन्य उल्लेखयोग्य पत्रिकाहरूको नाम केही यसप्रकारले रहेका छन् -
आदर्श (सन् 1929), नेबुला (सन् 1935), उदय (सन् 1937), प्रगति, प्रभात, साथी, हाम्रो कथा, खोजी, मालिङ्गो, भानु, रत्नश्री, इन्द्रेनी, नेपाली, नौलो पाइलो, तेस्रो आयाम, रचना, प्रज्ञा, कविता, ज्ञानोदय, वैंशालु, वाङमय, सुमन, मादल, अर्चना, साहित्य-सङ्केत, सुनचरी, मध्यमार्ग, सुनाखरी,हिमालय दर्पण, विचलन, स्वर्णभूमि, परिद्रष्टा, प्रचेष्टा, उत्तर लीलालेखन आदि।
यी पत्रिकाहरू कतिपय साहित्यिक अवधारणाको मुखपत्र हो भने कतिपय दैनिक खबर पत्रिका त कतिपय साहित्यिक सङ्कलनहरू हुन्। जसले कुनै न कुनै रूपमा वा सर्वाङ्ग रूपमा साहित्यमा योगदान पुरयाएका छन्। यीबाहेक पनि विभिन्न क्षेत्रबाट प्रकाशित भइरहेका सबै पत्र-पत्रिकाको रेकर्ड उपलब्ध छैनन्। तरै पनि तीहरूले पनि नेपाली भाषा साहित्य निर्माणमा उल्लेखयोग्य भूमिका निर्वाह गरेका नै छन् र समयको निर्वाहसित आजभोलि तकनीकले विकास गरेपछि पहिले पत्रपत्रिकाले निर्वाह गरेको भूमिकामा विभिन्न वेभ पेजहरू, सामाजिक संजाल/सोसियल साइटहरू अस्तित्वमा आएका छन् । उनीहरूको पनि भूमिका सराहनीय छ र पारम्परिक पत्रिकाहरू पनि प्रकाशित हुँदै आएका छन्।
सन्दर्भश्रोत: नेपाली साहित्यको परिचयात्मक इतिहास - डा. घनश्याम नेपाल
एकता बुक हाउस/प्रथम संस्करण 2009
द्रष्टव्य: सम्बन्धित विषयमा कुनै तथ्य तपाईंको जानकारीमा रहेको खण्डमा कृपया यस मेल आइडीमा सम्पर्क गर्नुहोला - satishsamparka@gmail.com
Comments
Post a Comment