प्रस्तावना:
मान्छे जन्मिएपछि उसको लालनपालनको निम्ति विभिद् व्यवस्थाहरू चाहिन्छन्। त्यसमा सामाजिक व्यवस्था, राजनैतिक व्यवस्था, धार्मिक व्यवस्था, आर्थिक व्यवस्था आदि मुख्य छन्। त यी व्यवस्थाहरूको
परिचालना र परिपालनाको निम्ति
एउटा मुख्य तन्त्र हुन्छ, जसलाई हामी देश भन्छौं। देश वास्तवमा भौगलिक अनि केही नैतिक मानदण्डहरूसित परिकल्पित रूपमा तयार गरिएको एउटा क्षेत्रको नाम हो। संसारमा अनेक देशहरू छन् तर ती देश
हुनुपछाड़ि आ-आफ्नै मानदण्डहरू
र त्यहाँका नियम प्रणालीहरू छन् । मान्छेको देश
भएको नाताले उनीहरू सबैको लक्ष्य र उद्देश्य - आफ्नो
क्षेत्रमा बस्ने मानिसहरूको अथवा भनौं नागरिकको बाँच्नुलाई वा जिवाईलाई सुरक्षित
गर्नु हो। प्रशासनिक रूपमा जब मान्छेले सुरक्षा
पाउँछ तब मान्छेमा एकप्रकारको
ढुक्कता आउँदछ। प्रशासनिक रूपमा आन्तरिक र बाह सुरक्षा
प्रदान गर्न सैनिक तन्त्र स्थापित गरिएका हुन्छन्, जसले रातदिन, चैबीसै प्रहर जाग्रम रहेर आफ्नो देशको सुरक्षा गर्दछन्।
जननी
जन्मभूमिश्च स्वर्गादपि गरीयसी
मान्छे
जहाँ जन्मन्छ, जहाँ उसको नस्लको बेलो हुन्छ त्यो उसको जन्मभूमि हो। परम्परित संस्कृत्
काव्यमा जन्मभूमिलाई आमातुल्य बताइएको छ अनि आफ्नो जन्मभूमि भनेको स्वर्ग भन्दा महान
हो भनिएको छ। मान्छेले जहाँ जन्मियो त्यो उसको जन्मभूमि हो र जसलाई आफ्नो कर्मथलो बनायो
त्यो उसको कर्मभूमि हो। त देश भन्नाले जन्मभूमि र कर्मभूमि दुवै अर्थमा बुझ्न सकिन्छ।
विषयप्रवेश:
देश भनेको चार दिशाको सिमाना, जनसङ्ख्या, विभिद् आन्तरिक अनि बाहî व्यवस्थाहरू आदि
बुझ्न सकिन्छ। यद्यपि देश भनेको त्यति मात्रै पनि होइन। जसरी चारपर्खाल र ढोका - झ्याल
मात्रै भएकोलाई हामी घर मान्न सक्दैनौं र परिवारको आपसी सुझबुझ र प्रेम-सौहार्द्रताले
घर बनिन्छ, उसरी नै देश भनेको वास्तविक रूपमा नागरिकको हृदयमा बस्ने एउटा भावना हो।
भावना जति बलियो हुन्छ, मान्छेको देश उति नै बलियो हुन्छ।
मान्छे
विभिन्न जात, वर्ग, रङ्ग, धर्म, संस्कृति, व्यवहारका हुन्छन्। त्यही भएर विभिदतामा
मानवताको सौन्दर्य झल्किन्छ, त्यही भएर पनि मान्छेले जति पनि आफ्नो धर्म, संस्कार,
संस्कृति, वर्ग, रङ्ग आदिलाई माया गर्छ, त्यसरी नै अरूको धर्म आदिमा पनि सम्मान दिन
आवश्यक हुन्छ। वास्तवमा प्रेम भनेको नै यही कुरा हो। हामीले प्रेम गर्ने भन्छौं तर
प्रेम कसरी गर्ने भन्ने एउटा प्रश्न त्यहाँ रहन्छ। प्रेम गर्नु भनेको अभिभावकले केटाकेटीलाई
जसरी बुई चढ़ाएर, म्वाईं खाएर गर्छन्, के त्यति मात्रै प्रेम हो? भन्ने प्रश्न जागृत
हुनसक्छ। अँ, त्यही र त्यति मात्रै प्रेम हो भन्ने हो भने मान्छेले सबैसित त्यसो गर्न
सक्दैन। प्रेम भनेको त वास्तवमा त्यो हो जसले स्वतन्त्रता र सुरक्षा दिन्छ। जसले विकासको
मार्गलाई प्रशस्त गरिदिन्छ, त्यही नै प्रेम हो। त हामीले देशलाई स्वतन्त्रता दियौं
भने, सुरक्षा दियौं भने र विकासको मार्गलाई प्रशस्त गरिदियौं भने हामीले देशलाई प्रेम
गरेको सार्थकता हुन्छ। नत्र त देशप्रेममा आफ्नो स्वार्थ छ भने त्यसले कहीँ न कहीँ पुगेर
रङ्ग देखाउने छ। त्यसो हो भने हामीले कसरी देशलाई स्वतन्त्रता दिन सक्छौं - यो प्रश्नको
उत्तरमा हामी भन्न सक्छौं कि हामीले देशमाथि पूर्ण रूपमा निर्भर नरहेर, आफ्नो तर्फबाट
पनि देशलाई केही दिने प्रयत्न गर्नुपर्छ। हामी प्रत्येकले आफ्नो देशलाई केही न केही
दिनसक्छौं। एउटा भनाइ छ - ‘तपाईंले जो दिनसक्नुहुन्छ दिनुहोस्, नत्र तपाईंले दिनसक्ने
कुरा अरू कसैले दिनसक्दैन।’ यो भनाइ निकै ऊर्जापूर्ण र औचित्यपूर्ण
छ। मान्छेले एउटै गीत दुईजनाले अलग अलग गरी गाए भने त्यो गाइएको गीतमा लय, तान, बलाघात
आदिको दृष्टिकोणले केही बुनियादी स्पष्ट फरकहरू देखिन्छन्। यसको अर्थ ती दुईमध्येका
एकले जो दिए अर्कोले सोही हुबहु दिन सक्दैनन्। यस्तो कुरा मान्छेको 64 कलामै भर पर्दछ।
त आफूसित जो कला-कौशल छ त्यो कुरा मान्छेले आफ्नो देशका लागि भनेर दिनपर्ने हुन्छ।
यो काम अरूले गरेकै हो भनेर छोड़नुको साटो हरदम नयाँ ढङ्गमा कसरी गर्ने भन्ने कुरालाई
लिएर प्रचेष्टारत् हुनपर्छ । नत्र देशले मलाई
नोकरी देला र म देशको निम्ति केही गरौंला भन्ने विचार राख्ने हो भने देश विस्तारै पङ्गु
अवस्थामा जाने गर्छ, किनभने यसरी आशा गर्ने अरू पनि होलान्। यसरी देशले स्वतन्त्रता
प्राप्त गर्न सक्दैन। जब देशले आफ्नो उत्थानको निम्ति केही गर्न खोज्छ भने उसको मस्तिष्कमा
अन्य समस्याहरू नहोस् । देशको मस्तिष्क भनेको पनि उसको नागरिकको सामूहिक मन न हो ।
अर्को
कुरा, देशलाई आन्तरिक सुरक्षा दिने काम गर्ने भनेको पनि नागरिकले नै हो। जातीय विभिन्नतालाई
सम्मान गर्दै एकले अर्कालाई जाति, रङ्ग, वर्ग आदिको दृष्टिकोणले फरक भए तापनि एकअर्काको
पर्व, उत्सव आदिमा रम्ने/रमाउने गरिएको छ भने त्यहाँ सौहार्द्रता, प्रेमको सिर्जना
हुन्छ। यसै पनि नेपाली/गोर्खा जाति भनेको पनि विश्वकै मिलनसार जातिमा गनिन्छ। किनभने
यस जातिले आफूलाई हित लागेको प्रति आफ्नो प्राण दिन पनि पछि पर्दैन र यस्तो उदारताको
कथाले नै यस जातिको इतिहास गौरवमय बनेको छ।
देशप्रेेमकै
कुरा गर्नपर्दा नागरिकले देशको जुन संवैधानिक नियमहरू छन्, तिनको सही ढङ्गमा परिपालना
गर्नु पनि देशप्रेम नै हो। त्यसैगरी ट्राफिक नियमलाई पूर्णताको साथ परिपालना गर्नु
देश प्रेम हो। औपनिवेशवादि अङ्ग्रेजहरूले, भनिन्छ एउटा वाक्यमा विश्वास राख्ने गर्थे
- उनीहरूले ठान्थे -“बाटो बनायो भने विकास आफैं हिँड़ेर आउँछ’
यस
कुरालाई मध्यनजर गर्ने हो भने ट्राफिक नियम पूर्णताको साथमा परिपालन गर्नु भनेको विकासको
मार्गलाई प्रशस्त गर्नु रहेछ भन्ने अर्थ निस्कन्छ। सड़क छेउ लागेर हिँड़नु, जेब्रा क्रसिङबाट
बाटो पार हुनु, हरियो, पहेंलो, रातो ट्राफिक लाइटको सङ्केतलाई बुझ्नु, आदि यस्ता मसिना
कुराहरू हामीले ट्राफिक नियममा पालन गर्नुपर्छ, तर ती देख्दा साना भए तापनि यसलाई माने
वा नमानेको खण्डमा भने परिणाम ठूलो हुँदछ। वास्तवमा देश एउटा घर हो भने त्यसलाई संरचना
प्रदान गर्ने एकएकवटा ईंटा भनेको त्यो देशको नागरिकहरू हुन्। नागरिकहरूमा सत्यता र
देशप्रतिको समर्पण भाव छ भने बाहय शक्तिले उसको शोषण गर्न सक्दैन। एउटा ज्वलन्त उदाहरण
के छ भने अङ्ग्रेजहरूले आफ्नो औपनिवेशवादि नितिको विस्तार गर्दै जहाँ-जहाँ पनि स्वार्थलोलुपता
छ, त्यस क्षेत्रलाई जित्न सफल बने भने नेपाल अधिराज्यलाई जित्न त के एउटा टाकुरामा
आफ्नो झण्डा पनि गाड़्न पाएनन्। किनभने यहाँका वीर सेनानीले तिनलाई जहिले पनि डाँड़ा
कटाएर नै सन्तुष्टिको सास फेरे । त्यस्तै देशको नागरिकहरूमा ऐक्यवद्धता र दृढ़ सङ्कल्प
छ भने कुनै पनि शक्ति महान् होइन भन्ने कुरो भारत राष्ट्रको स्वतन्त्रता आन्दोलनले
सिद्ध गरिदियो। अङ्ग्रेजहरूसित आधुनिक संस्करणका हात-हतियार रहेको भए तापनि झिनो शरीरका
महात्मा गान्धीको लौरोको टेकलाई, सुभाषचन्द्र बोसको आत्मविश्वासपूर्ण चित्कारलाई उनीहरूले
हराउन सकेनन्।
देशप्रेम
छात्तीमा छ भने देशप्रति गरिएको कुनै काम पनि शुन्यमा परिणत हुँदैन त्यसले अवश्यै रङ्ग
देखाउने छ।
उपसंहार
- जन्मदिने, आफ्नो भाषा र जन्मभूमिलाई आमा भनिएको छ। जसले पनि यी तीन शक्तिसित वैमानी
गर्छ, उसको भविष्य सुखमय हुँदैन। कुरा यसो पनि हो, जसले आमा शब्दको शक्तिलाई बुझेको
छ, उसले आफ्नो देशसित जहिले पनि न्याय नै गर्छ, न्याय नै भएको देख्न चाहन्छ, र त्यस्तै
पाउँछ पनि। किनभने मान्छेले त्यही कुरो पाउँछन,्, जुन कुरो खोज्छन्। जब कि कोही बेला
परिणाम आउन ढिल्याईं हुनसक्छ वा त स्थिति प्रतिकुल भएको जस्तो भान हुनसक्छ, तर वास्तवमा
यी सबै ईश्वरले लिएको परीक्षा हुनसक्छ, आफ्नो कर्तव्यपथमा दृढ़ रहियो भने अवश्य पनि
शुभ्भेफाप्पे हुन्छ नै । त्यसैगरी देशप्रेम पनि हो । देशले केही दिएन भन्नु भन्दा देशलाई
केही दिँदा जुन आत्मसन्तुष्टि पाइन्छ, त्यो कुनै पनि मूल्यमा किन्न सकिने प्रकारको
हुँदैन।
Bbuql
ReplyDelete