भूमिका:
मानव जगतको उत्पतिदेखि नै मान्छेको शरीरमा विभिन्न प्रकारका रोगहरू रहिआएकै छ। शुरूशुरूका मानिसहरू विभिन्न कारणहरूले गर्दा मृत्युको मुखमा पर्ने गर्थे, ती आदिम मानवहरूलाई मृत्युको कारण के हो भनेर खुटयाउनै पनि अवश्यै पनि गाह्रो परयो होला, किनभने उनीहरूसित पर्याप्त मात्रामा ज्ञान र अनुभवहरू थिएनन्। तर जब बिस्तारै मानिसहरूको ज्ञान बढ़दै गयो र जीवन मृत्युबारे अनुभवहरू धेरै मात्रामा उनीहरूले बटुल्दै आए, तब धेरैवटा रोगहरूबारे उनीहरूले जानकारी पाउन थाले। कुन रोग कसरी लाग्छ? कुन रोगको लक्षण कस्तो हुन्छ? आदिबारे उनीहरूले थाह पाउन थालेपछि विस्तारै ती रोगहरूको उपचारबारे सोच्न र खोज्न थाले। धेरैवटा रोगहरूको औषधी अनि उपचार निस्किए, कतिवटाको उपचार सम्भव हुनसकेन।
अर्को कुरा के हो भने मान्छेका रोगहरू प्राकृतिक र मानवनिर्मित कारणहरूद्वारा उब्जेका हुन्छन्। प्राकृतिक रोगहरू ती हुन् जोहरूचाहिँ प्रकृतिकै कारणहरूले गर्दा हुन्छन् र मानवनिर्मित् कारणहरू ती हुन् जुन रोगहरूचाहिँ मान्छेले बनाएको कारणहरूले गर्दा उब्जिने गर्छन्। मानवनिर्मित कारणका रोगहरू कहिले कहिले प्राकृतिक जस्ता पनि लाग्न सक्छ, तर त्यसमा पनि मान्छेकै कारणले प्रकृतिमा विकृति आएर ़रोगहरू उत्पन्न भएको हुनसक्छ। त्यस्तो एउटा उदाहरण हो प्रदुषणको कारणबाट हुने रोगहरू। र प्राकृतिक रोगहरू भनेको बुढ्यौलीको कारणले हुने शारीरिक दुर्बलताजन्य रोगहरू हुन्। जस्तै कि आँखा नदेख्नु, दाँत वा शरीरका अन्य अङ्गहरू दुख्नु आदि।
मान्छेले बनाएको कारणले उत्पन्न भएका रोगहरूलाई सचेतनामा जोड़ दिइयो भने धेरै मात्रामा नियन्त्रण पनि गर्न सकिन्छ। डेङ्गु, मलेरिया, पखालो, आदि मान्छेले बनाएको फोहोरमैलाको कारणले हावा-पानी दुषित भइ हुन जाँदछ।
मान्छेले बनाएकै वा मान्छेकै असचेतनताको कारणले धेरैवटा रोगहरू हुनसक्छन्। कतिवटा त्यस्ता रोगहरू लागेपछि उपचार गर्न सकिन्छ भने कतिवटाको चाहिँ उपचार नभएर त्यसका जीवाणुलाई नियन्त्रण गर्नसम्म मात्र सकिन्छ। अर्थात् सयप्रतिशत निको भएर रोगी मान्छे पहिलेकै सुस्वस्थ अवस्थामा पुग्न सक्दैन अनि तीहरूको निम्ति सचेतना नै पहिलो अनि अन्तिम औषधी हो भन्न सकिन्छ।
आज हामी त्यस्तै एउटा रोग - एडस - को विषयमा यस परियोजनामा चर्चा गर्न लागेका छौं।
विषय प्रवेश: अङ्ग्रेजी वर्ण ।प्क्ै , वास्तवमा रोगहरूको समूह हो। पूरा अर्थमा यसलाई ।बुनपतमक प्उउनदम क्मपिबपमदबल प्उउनदवकमपिबपमदबल टपतने भनिन्छ। जब एचआईभी पोजिटिभ हुन्छ, तब आठ/दश पछाड़ि व्यक्तिको रोग प्रतिरोधक क्षमतामा विस्तारै ह्रास आउँदै जान लाग्छ। रोगप्रतिरोधक क्षमता क्षीण हुँदै गएपछि विभिन्न प्रकारका रोगहरूले व्यक्तिमाथि आक्रमण गर्न थाल्छ। अनि भयानक रोगहरूले आक्रमण गरेको यसै अवस्थालाई एचआईभी एड्स भनिन्छ।
एचआईभी एड्सका फैलिने कारणहरू:
एचआईभी एड्स भन्नाले धेरै अर्थमा यसलाई मान्छेले बनाएको कारणहरूले उत्पन्न हुने रोग भन्न सकिन्छ। लापारवाही यसको मुख्य जड़ कारण हो। यो रोग फैलिने कारणहरू क्रमशः अङ्कहरूमा टिप्न सकिन्छ जस्तै:
१. असुरक्षित यौन सम्पर्कबाट
असुरक्षित यौन सम्पर्क, एचआईभी एड्स फैलिने पहिलो मुख्य कारण हो भनेर छुटयाइएको छ।
२. दुषित रगतबाट
कतिवटा अवस्थामा विमारग्रस्त मानिसले उसको शरीरमा बाहिरबाट रगत चढ़ाउन पर्नेहुन्छ। त्यसरी आपतकालिन अवस्थाहरूमा बाहिरबाट रगत चड़ाउँदाखेरि रगत दुषित छ अथवा त्यो रगत एचआईभी पोजिटिभ एड्सग्रस्त मानिसको परयो भने रगत चढ़ाउने मानिसलाई पनि यो रोग सङ्क्रमण हुन सक्छ।
३. सङ्क्रमित सुईबाट
कुनै रोग उपचारको क्रममा व्यक्तिलाई लगाइनेे सुई यदि पहिले कुनै एड्स सङ्क्रमित रोगीलाई लगाइएको छ भने त्यसबाट यो रोग सर्ने पहिलो आशङ्का बनिन्छ। यद्यपि स्वास्थ्यकेन्द्रहरूमा एकपल्ट प्रयोग गरिएको सुईलाई दोस्रोपल्ट अर्को व्यक्तिको शरीरमा प्रयोग गर्ने चलन हुँदैन। सुईबाट सङ्क्रमण हुने भनेपछि त्यस्ता ड्रग्सका बानी परेकाहरूलाई यो रोग सर्ने धेरै डर हुन्छ, जसले आफ्नो शरीरमा अर्को साथीले प्रयोग गरेको सुईबाट नशा गर्ने गर्दछन्। यसै पनि ड्रग्सको कुलत नै आफैंमा महामारी रोग हो, जसले नशा गर्ने मान्छेलाई धेरै तड़पाएर मार्ने गर्छ।
४. एचआईभी एडस् सङ्क्रमित गर्भवती महिलाको गर्भबाट जन्मने सन्तानलाई
यदि गर्भवती महिला एचआईभी एड्स पीड़ित हुन् भने तिनको गर्भमा पालिँदै गरेको शिशुमा यो रोग सर्ने पहिलो आशङ्का रहन्छ।
एचआईभी एड्सको लक्षण:
कुनै पनि रोग लागेपछि लक्षण देखिनु स्वभाविक हो। त्यसैगरी एचआईएड्स सङ्क्रमित रोगीहरूको शरीरमा पनि विभिद् लक्षणहरू देखिनथाल्छन् तर याद राख्न पर्ने कुरा के हो भने यस्ता रोगीहरूमा एचआईभी पोजिटिभ भएको आठ /दश वर्षसम्म पनि कुनै लक्षण नदेखिनु सक्छ। जब रोगप्रतिरोधक क्षमता अत्यन्तै दुर्बल हुँदै जाँदछ तब लक्षणहरू सामान्य रूपमा शरीरमा भेटिन थाल्छन्। यस अवस्थाका रोगीहरूलाई चिकित्सा विज्ञानको शब्दमा ‘एचआईभी पोजिटिभ’ भनिएको छ। यस तहका रोगीहरूले पनि एड्स फैल्याउन सक्छ। जब यस रोगका लक्षणहरू देखिन थाल्छन्, पहिलोपल्ट केही यसप्रकारका हुन्छन् जस्तै -
क ) तौल अथवा ओजन अचम्मप्रकारले घटेर जान्छ।
ख) निरन्तर खोकी लाग्छ।
ग ) ज्वरो आउँछ।
घ ) टाउको दुख्छ।
ङ ) विभिन्न प्रकारका दागहरू शरीरमा भेटिन थाल्छ।
च ) खान मन लाग्दैन।
छ ) अन्य शारीरिक दुर्बलताहरू देखिन्छन्। आदि।
एचआईभी एड्स्का यति मात्र लक्षण हुनसक्छन् भन्ने होइन तर अरू पनि हुनसक्छन्। तरै पनि के कुरा ख्याल गर्नुपर्छ, यस्तै लक्षणहरू अन्य रोगहरूमा पनि देखिन्छन्। त्यसै कारणले यो रोग लागेको पक्का हो भनेर निधो गर्नका निम्ति समयमा जाँच गराउन आवश्यक ठहरिन्छ। यसको जाँचको निम्ति अस्पताल केन्द्रहरूमा विशेष र छुट्टैप्रकारका तरिका रहेको हुँदछ।
एड्सलाई लिएर विभिन्न भ्रान्तिहरू:
मान्छेलाई लाग्ने धेरै कतिवटा रोगहरूको उपचार नहुन सक्छ, तर त्यसलाई लिएर मान्छेमा भ्रम फैल्याइयो भने त्यसले समाजमा नकरात्मक भूमिका निर्वाह गर्छ र जो रोगी छ उसको मनोबलमा घट्न सक्छ। त्यसैले हामीले कुनकुन कुराहरूले एचआईभी एड्स फैलिँदैन भनेर जान्न जरूरी हुन्छ।
कुन कुन कारणमा एड्स सङक्रमित हुँदैन, हेरौं:
क ) एचआईभी एडसका रोगीहरूसित हात मिलाउँदा यो रोग फैलिँदैन। उनीहरूसित बसेर खानापिना खानसकिन्छ।
ख ) एचआईभी एडसका रोगीहरूसित भाँड़ाहरू सरोबरी बाँडेर चलाउँदा पनि यो रोक सर्दैन ।
ग ) हात मिलाउँदा, अङ्गालो हाल्दा एचआईभी एडस एकदेखि अर्को व्यक्तिमा सर्दैन।
घ ) एचआईभी एडसका रोगीहरूले प्रयोग गरेकै शौंचालय प्रयोग गर्दा पनि यो रोग सर्दैन।
ङ ) मलेरियाहरू जस्तो एचआईभी एडस मच्छरले चिल्दा सर्दैन।
च ) कुकुर बिरालो आदिले टोक्दा पनि एचआईभी एडस सर्दैन।
छ ) हाँच्छयु गर्दा वा खोक्दा उच्छिटिएका थुक आदिको थोपाहरूबाट यो रोग सर्दैन।
एचआईभी एडसबाट बाँच्ने उपायहरू:
१. एचआईभी पोजिटिभ भएपछि रोगहरूले आक्रन्त भएको अवस्था एडस हो। यसलाई उपचार गर्ने भन्दा पनि चिकित्सकहरूले रोगहरू नियन्त्रणको निम्ति औषधी दिने गर्छन् तर यो पूर्णरूपमा निको हुनसक्दैन। यसैले बचाउ नै एचआईभी एडसको पहिलो उपाय हो। यसको निम्ति आम मान्छेले असुरक्षित यौन सम्पर्क गर्नबाट बाँच्ने गर्नुपर्छ। अझ सङ्क्रमित व्यक्तिसित गरिएको यौन सम्पर्कमा त यो रोग सर्ने पहिलो आशङ्का रहन्छ। यो रोग वीर्य वा रजकणबाट सर्ने हुनाले एकैजना साथीप्रति विश्वासिलो रहन पर्ने र एकभन्दा धेरै व्यक्तिसित यौनजन्य सम्पर्कहरू स्थापित गर्न नहुने यस रोगका विशेषज्ञहरूले सुझाव राख्छन्।
२. कुनै कारणवश बाहिरबाट रगत शरीरमा चड़ाउन परे, त्यो रगत स्वस्थ्य व्यक्तिबाट लिइएको हो भन्ने कुरो निश्चित गरिनुपर्छ।
३. ड्रग्स आदिको कुलतबाट टाड़ा बस्न पर्छ।
४. सुई वा अन्य धारदार हतियारहरूको शरीरमा प्रयोग त्यसै गरिनु हुँदैन पहिले त्यसलाई शुद्धिकरणको प्रक्रियाबाट निकाल्नुपर्छ।
५. त्यस्तै हजाम अथवा नाईकोमा पुगेर कपाल आदि कटाउँदा ब्लेडहरू नयाँ प्रयोग गर्न लगाउन पर्छ।
निष्कर्ष:
एचआईभी एडस पनि शारीरिक एउटा रोग हो, यसैले यसलाई स्वाभाविक रोगको रूपमा स्वीकार गरिन आवश्यक छ। यस रोगलाई नियन्त्रण गर्न र सचेतना फैल्याउने अभिप्रायले विश्व स्वास्थ्य सङ्गठनले १ दिसम्बरको दिन विश्व एड्स दिवसको रूपमा पनि पालन गर्ने गरेको छ। जसले गर्दा मानिसमा अहिले घरी यस रोगलाई लिएर निकै सचेतनाता आइरहेको विभिन्न खबर माध्यमहरूले जनाउँदछ। यस रोगलाई हामीले नियन्त्रण गर्न हो भने बचाउका नियमहरू अप्नाउन पर्छ, यस रोगका पीड़ित मानिसहरूलाई माया र विश्वास प्रदान गर्नुपर्छ अनि धेरैमा धेरै सचेतना फैलाउन पर्छ।
Comments
Post a Comment