Legend Fatteman Rajbhandari |
गायन अनि सङ्गीतजगत्मा अलगै चिनिने नाम हो फत्तेमान राजभण्डारी। मर्न बरू गाह्रो हुन्न, यस्तो पनि हुँदोरहेछ, सान्नानीको शिरैमा, जस्ता मिलका पत्थर सिद्ध हुने गीतहरू नेपाली सङ्गीत जगत्लाई दिने कोहीनूर व्यक्तित्व फत्तेमान आज हामीसित सशरीर छैनन्, तर उनका आवाज र सङ्गीतबद्ध गीतहरू हामीसित छन्।
फत्तेमान राजभण्डारीको जन्म तबलावादक पिता जीतमान राजभण्डारी अनि माता पुर्णमाया राजभण्डारीको कोखबाट 28 नोभेम्बर 1936 को दिन तेस्रो सन्तानको रूपमा भएको थियो। सन् 1854 मा राणाहरूको निम्ति काठमाडौंको रानीपोखरीमा खोलिएको नेपालको सबैभन्दा पूरानो मोर्डन स्कूल, दरबार हाईस्कूलमा भर्ना भए। यो स्कूल विशेष्तः सङ्गीत सिकाउने स्कूलको रूपमा खोलिएको थियो, जोचाहिँ सन् 1901 देखि देव शमशेर जङ्ग बहादुर राणाद्वारा सार्वसाधारणको रूपमा खोलिएको थियो। यस स्कूलमा फत्तेमानले दुई-तीन महिनासम्म अध्ययन गरेबापत् पद्मोदया हाईस्कूलमा भर्ना लिए। यद्यपि उनले पारीवारिक कारणले गर्दा आफ्नो अध्ययनलाई अघि बड़ाउन पाएनन्।
उनले सानै उमेरमा भजन गायन आरम्भ गरे। सन् 1951 मा रेडियो नेपालको स्थापना भएपछि गायक फत्तेमानले आफ्नो गायनप्रतिभाको प्रस्फुटन गर्ने मौका पाए। यसरी रेडियो नेपालबाट उनको गायनमा निरन्तर भजनहरू प्रसारण हुँदैरहे। जब 1968 सालमा तिनको बालउमेरका साथी नातिकाजिको लयसंयोजनमा रहेको - यस्तो पनि हुँदोरहेछ... गाए, तब फत्तेमान एकजना खाँटी गायकको रूपमा परिचित हुनपुगे।
सन् 1960 मा गुरू दास गोख्ले नेपालमा आएका बेला गायक फत्तेमानको भेट तिनीसित हुनपुग्यो जसको माध्यमबाट उनले सङ्गीतका तकनीकहरू सिक्ने अवसर प्राप्त गरे। त्यसपछि सन् 1962 मा उनले सङ्गीत नाटक अकादमीमा गुरू रामप्रसादको सानिध्यमा बसेर 4 वर्ष शास्त्रिय सङ्गीत सिक्ने अवसर पाए।
नेपाली सङ्गीत क्षेत्र भनेको धेरै सङ्गीत पारखीहरूको यशस्वी इतिहास र वर्तमान भएको क्षेत्र हो। गायक फत्तेमानले यस्ता धेरै सङ्गीत पारखीहरू जस्तै नारायण गोपाल, नातिकाजि, प्रेमधोज प्रधान प्रभृत्ति गायक सङ्गीतिज्ञहरूसित सहकार्य गरे।
उनका केही बहुचर्चित गीतहरू हुन् -
सान्नानीको गालैमा - शब्दकार शहदेव राणाको शब्द, सङ्गीतकार नातिकाजिको लयसंयोजन अनि गायक फत्तेमानको स्वर
बनै खायो डडे़लोले - शब्दकार कालीप्रसाद रिजाल, सङ्गीत नारायण गोपाल
मर्न बरू! गाह्रो हुन्न - शब्दकार तीर्थराज तुलाधार अनि सङ्गीतकार नातिकाजिको सङ्गीतसंयोजन तथा गायन फत्तेमान राजभण्डारी
कस्तो माया लाइएछ - शब्दकार राममन तृषित, लयसंयोजन शिवशंकर
मदिरा नपिऊँ त - शब्दकार कालीप्रसाद रिजाल, लयसंयोजन तथा गायन फत्तेमान
आदि
गायक/सङ्गीतज्ञ फत्तेमान राजभण्डारीले लगभग 400 वटा गीतमा स्वर अथवा सङ्गीत प्रस्तुत गरेका छन्। यिनका प्रतिभालाई धेरै ठाउँहरूबाट सम्मान एवम् पुरस्कार प्राप्त भएको छ। तिनमध्ये केही यसप्रकारले छन्।
सन् 1982 मा शुभराज्यभिषेक पदक
सन् 1995 छिन्नलता गीति पुरस्कार
सन् 1998 मा प्रबल गोर्खा दक्षिण बाहु
सन् 1961 विरेन्द्र ऐश्वर्य सेवा पदक
सन् 1962 मा शम्भुप्रसाद मिश्र स्मृति पुरस्कार
सन् 1962 मा गड्डी आरोहण रजत महोत्सव पदक
सन् 1963 मा इमेज लाइफटाइम एचिभमेण्ट अवार्ड
सन् 1964 मा भुपालमान सिंह सङ्गीत पुरस्कार
यस्ता प्रतिभासम्पन्न, छुट्टै गायनकला धनी - फत्तेमान राजभण्डारी, 9 सेप्टेम्बर 2013 को दिन फोक्सोको क्यान्सरसित जुझ्दाजुझ्दै यस संसारबाट बितेर गए। उनले ओम अस्पतालमा केमोथेरेपी लिइरहेका थिए। उनले आफूपछाड़ि श्रीमती, दुईजना छोराहरू र तीनजना छोरीहरू एवम् आफ्ना तमाम् प्रिय श्रोताहरूलाई छाड़ेर यस संसारबाट विदा लिए। उनी हामीसित आज नभए तापनि उनका गीतहरूमा सधैं उनी जीवन्त र हामीसितै छन्।
Comments
Post a Comment