अनेकार्थक शब्द

Nepali Anekarthak Shabda


अनेकार्थक शब्द भनेको के हो ?


अनेकार्थक शब्द भनेको स्थानानुसार भिन्नभिन्न अर्थमा प्रयोग हुने शब्द हो। यस्ता शब्दहरू नेपाली भाषामा धेरै छन् । 

उदाहरण - 


अङ्क - सङ्ख्या (एक-दुई-तीन), नाटकमा अध्याय छुट्याउने भाग

अर्थ - माने (यसको अर्थ के हो), अभिप्राय, धनसम्पत्ति (तिनी अर्थ सम्पन्न छन्)

उत्तर - चारवटा दिशामा एउटा (उत्तर दिशा), सोधिएको कुरामा भनिने जवाफ (उत्तर-पत्र), पछि आउने समय (उत्तर-आधुनिक)

कर - जबर्जस्ती वा दबाउ, हात, तिरो (कर बाँधी,करसित, कर तिर्न लायो)

कल - सुरिलो (चराहरूको कलरव गान), मसिन (कलमा पानी आउन थाल्यो), झगड़ा (कल नभएको ठाउँमा शान्ति हुन्छ)

कलम - लेख्ने वस्तु, हाँगाहरू छाँट्ने काम।

कटुवा - सानासाना टुक्रा पारिएको सुर्तीको पात, (कटुवा भरियो) बिचमा काटिएको (दुधकटुवा बालक)

कड़ा - दयाहीन (कड़ा अफिसर), साह्रो (कड़ा सुपारी), भाँड़ामा दुईतिर समाउनहुने मुन्द्रो (कड़ामा समाएर कराही झार)

कदम - एक जातीय रूख (कदमको दतिवन राम्रो हुन्छ) हिँड़ाइको गति (कदममा कदम मिलाएर हिँड़)

कक्ष - काखी, घरको कोठा, कछाड़, कमर-पेटी ।

कोठी - तिलकोठी, (शरीरमा देखिने सानो कालो टीका), ठूलो भव्य घर (प्रबन्धकको कोठी)

कोस - आँखाको दुई कुना, लगभग दुई माइलको दुरी

खण्ड - टुक्रा वा भाग (खण्ड खण्डमा विभक्त) , कारण (यसो गरिएको खण्डमा), तरिका

खत - अपराध, घाउको चिन्ह

खेर - समय वा बेर (त्यतिखेर), नष्ट गर्ने काम (चामल खेर नफाल

खोटो - दोषपूर्ण, रूखको चोप

गति - हिँड़ाइको चाल (गतिवान हिँड़ाइ), अवस्था (हतारमा त्यही गतिमा निस्क्यो), सामर्थ्य (त्यो गतिले युद्ध सम्भव छैन) मोक्ष पाउनु (उनले गति पाए)

गण - सेवक (शिवका गण), छन्दमा लघु/गुरूको आधारमा छुट्टिने तीनाक्षरी समूह

गानु - पिँड़ालु आदिको जरा, भूँड़ीमा हावाको गोला 

चिन्ता - झाँक्री/बिझुवाले गर्ने झारफुके विधि, मनमा परेको पीर (तिमी चिन्ता मात्र गरिबस्ने कि डाक्टर पनि देखाउने ?)

चुरो - रूखको भित्री भाग, कुराको मर्म (चुरोको कुरो) हातमा लगाउने बाला 

चूक - अमिलो (अचार अमिलो चूक भएछ), भूल (एउटाको चूकमा अर्कोले सजाय पाउनु गलत हो)

छिटो - फुर्तिलो (छिटो मानिस), पानीको थोपो (जाड़ोमा एकै छिटो पानी पनि सियो हुन्छ)

जड़ - अचेतन (ढुङ्गा) जरा, मूर्ख 

जिउ - नमस्कार, शरीर, हजुर 

टक - उज्यालो टहक,(बत्तीको टकमा एकपल्ट त्यो घर देखियो) एकोहोरो हेराइ (त्यो मान्छेले एक टक लाएर हेरिरहयो)

टीका - निधारमा लगाइने चिन्ह (पूजाको टीका सबैलाई लगाइदेऊ) विजयादशमी (आज टीका हो), व्याख्यान (टीकाहरू यस्ता छन्)

ठेलो - छालाको फोका (दाउरा चिरेर उसको हातमा ठेला उठेछ), दैलोको ठेलो 

डमरु - बाघको बच्चा, दुईतिर ताल भएको, छालाको सानो एकजातीय  बाजा। 

डाक - भालेको बसाई (हजुरबा, पहिलो डाकमै उठे), हुलाक (डाक-गाड़ी आयो), बोलाउनु (उसलाई पनि डाक)

तह - ओहोदा (तिनी माथिल्लो तहका व्यक्ति हुन्) नियन्त्रण (धेरै तहमा राख्न खोजे काम बिग्रन्छ) खात (पुस्तक र डायरी एकै तहमा छन्)

तान - तान्ने काम (डोरी तान), स्वर, बुन्ने वस्तु

तेज - प्रभा (उसको अनुहारको तेजमै सबै कायल छन्।) धारिलो (हतियार तेज छ) फुर्ती (चेतक तेज घोड़ा थियो)

दुध - पिउने पर्दाथ, स्तन 

धाप - स्याबासीमा काँध थप्थपाउने क्रिया (सरले विद्यार्थीलाई धाप मारे ) खोपी खेल्दा लिइने फड़्को, हिलो

नाक - सुँघ्ने ईन्द्रीय, चौंरीगाई, ईज्जत (छोराले बाबुको नाक राख्यो) 

पत्र - चिटठी, फूलको एकएकवटा पत्र, पात, खाप (त्यो ढुङ्गाको संरचनामा पत्रैपत्र छ)

पर्दा - परेको बेला (पानी पर्दा), तन्ना (खिड़्की - दैलोको पर्दा), कानको जालो (छेस्काले कानको पर्दा फाट्न सक्छ) भ्रम (ज्ञानिजनको कुराले आँखाको पर्दा हट्छन्)

पाल - पाल्ने काम, तारपोलिन आदिको अस्थायी घर, रक्षक (द्वारपाल)

पद - श्लोकको चरण, पाउ (वामनावतार भगवान विष्णुले बलिराजाको शिरमा अर्को पाउ राखे ) ओहोदा (सभापति पद)

पुतली - गुड़िया, कीरा-विशेष, आँखाको नानी 

बैगुन - एकजातीय सब्जी, अवगुण

मान - ईज्जत, मान्ने काम गर (आमा-बाबुले भनेको मान) मूल्य (वस्तुको मान)

मास - मास्ने काम, महीना, दाल (मासको दाल)

रस - झोल, स्वाद, आनन्द

वर - एक प्रजातीय रूख, नजिक (वर आऊ), वरदान, दुलहा 

सत्ता - अस्तित्व, शासनप्रणाली, तासमा सात अङ्क भएको पत्ता

साल - एक वर्ष, ओड़ने लुगा, तेल निकाल्ने यन्त्र

सुर - होस (रोगले सुर हराउँछ), घरको कुना (झाँक्रीले भने -घरको चारै सुरमा छर्कनू ) सङ्गीतमा लय (बेसुरको गान)

हिसाब - एउटा विषय, काम गर्ने तरिका, लेखाजोखा 

हार - माला (हिराको हार), पराजय, लाम  अनेकार्थक शब्द

हाल - अवस्था/स्थिति (तपाईको हाल कस्तो छ), दिनु, (गाइलाई घाँस हाल्नु) घुसार्नु (बौलामा हात हाल) मिसाउनु (दुधमा पानी हाल)

Comments